दफा १८
अध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा
१८. अध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा
(१) अध्यक्ष तथा सदस्यको पारिश्रमिक, दैनिक तथा भ्रमण भत्ता, सवारी सुविधा प्रधानमन्त्रीले अर्थ मन्त्रालयको सहमती लिई
तोकेबमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको पारिश्रमिक, दैनिक तथा भ्रमण भत्ता र सवारी सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।